childrenpark2053@gmail.com Call Us at: 010-520222, 521222

चिल्ड्रेनपार्क मा.विको प्रि-प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समरोह भोलि हुने


चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयको  प्रि-प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समरोह भोलि हुने भएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले भोलि चैत्र २१ गते प्रि प्राइमरी तहको नतिजा प्रकाशन गर्ने भएको हो । कार्यक्रममा प्रि प्राइमरी तह पूरा गरी आधारभूत तहमा प्रवेश गर्ने यु. के. जी. का १०६ जना बाबुनानीहरूलाई दीक्षीत गराउन दीक्षान्त विशेष समारोह समेत आयोजना गरिएको विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले  जानकारी गराउनु भएको छ। विद्यालयले सो कार्यक्रममा अनिवार्य उपस्थित हुनु भई थप हौसल प्रदान गरिदिनु हुन अभिभावकज्यूहरूलाई अनरोध समेत गरेको छ ।
तपसिल
कार्यक्रम : नतिजा प्रकाशन तथा दीक्षान्त समारोह
मिति:२१ चैत्र, २०८१
स्थान: विद्यालय प्राङ्गण 
समय: बिहान ठीक १०:३० बजे ।

News Events File