चिल्ड्रेनपार्क मा.वि मा कप्तान र उपकप्तान चयन
धादिङ । धादिङको सदरमुकामiमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो ।
विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको छ ।
५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।
एकजना नायकका लागि ७ जना र एक जना सहनायकका लागि ३५ जना उम्मेदवार रहेको थियो ।
विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो । शुक्रबार भएको मतदानको मतगणना गरि आज मत परिणाम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विद्यालयका निवर्तमान कप्तान संगम गुरूङ र उप कप्तान दिपसन सिम्खडाले ब्याच हस्तान्तरण गरी बधाई दिएका थिए ।यसै अवसरमा प्याब्सन धादिङले आयोजना गरेको चित्रकला प्रतियोगितामा द्वितीय हुने कक्षा ८ का आयुस बराइली, १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेकान्दो तर्फ प्रथम हने विवेक घले, आशिष तामाङ,द्वितीय हुने सुजन सिंह ठकुरी, तृतीय हुने ओसन गुरूङ र कबड्डी तर्फ प्रथम हुने जीवन श्रेष्ठ, रेजिना तामाङ र कविता तामाङलाई पनि सम्मान गरिएको थियो।
मतगणना प्रतिवेदन :