childrenpark2053@gmail.com Call Us at: 010-520222, 521222

चिल्ड्रेनपार्क मा वि मा हिज्जे प्रतियोगिता सम्पन्न


धादिङको सदरमुकाम स्थित चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयमा अन्तर सदन अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
 कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको सदनात्मक प्रतियोगितामा रातो सदन प्रथम भएको छ । 

 


प्रथम हुने विद्यार्थीहरुमा कक्षा ३ का आरोन्स गुरूङ,
कक्षा ४ कि सुयोग्या तिमल्सेना र कक्षा ५ का प्रशिष्टा तामाङ रहेका छन् ।

त्यस्तै द्वितीय हुनेमा हरियो सदन बाट कक्षा ५ कि श्रेया घिमिरे, कक्षा ४ का युभान तामाङ र कक्षा ३ कि अस्मिता पोरे रहेका छन् ।

 

 

प्रतियोगितामा तृतिया हुनेमा पहेलो सदन बाट
कक्षा ५ मा अध्यनरत इलियाना श्रेष्ठ, कक्षा ४ कि सोनिया राना र कक्षा ३ कि एन्जिला गुरूङ रहेका छन् ।

साथै कक्षा ५ बाट श्रेया घिमिरे उत्कृष्ट स्पेलर हुनुभएको छ ।
कार्यक्रममा विद्यार्थीहरु बाटै प्रमुख अतिथिमा कृतिका घिमिरे सभाध्यक्षमा यस्मिना तामाङ र विशिष्ट अतिथिमा चाँदनी गुरूङ रहनुभएको थियो भने कार्यक्रमको संयोजक अंग्रेजी शिक्षिकाद्वय रमा दुवाडी र मन्जु गुरूङले गर्नुभएको थियो ।

 

 

साथै आजै यस विद्यालयका ५ जना खेलाडी विद्यार्थीहरु लाई अग्रिम शुभकामना सहित विदाइ गरिएको छ । धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै जेठ १७-१९ सम्म दोलखाको चरिकोटमा हुने बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन लाग्नु भएकोले सम्पूर्ण खेलाडीहरूलाई शुभकामना सहित विदाइ गरिएको विद्यालयका प्रधानाध्यापक षष्ठी कुमार श्रेष्ठले जाकारी  दिनुभयो ।

 


तेक्वान्दो तर्फ खेलाडीहरूको नाम :
१. विवेक घले
२. आशिष तामाङ।
कबड्डीतर्फ
१. जीवन श्रेष्ठ 
२. कविता तामाङ
३. रेजिना तामाङ

News Events File