childrenpark2053@gmail.com Call Us at: 010-520222, 521222

चिल्ड्रेनपार्क मा. वि. मा हिज्जे प्रतियोगिता र बाल क्लव गठन


धादिङ । धादिङको सदरमुकाम स्थित चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयमा अन्तर सदन अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा १ र २ का विद्यार्थीहरुको सहभागिता रहेको अन्तर सदनात्मक प्रतियोगितामा पहेंलो सदन प्रथम भएको छ ।

 

 

प्रथम हुने विद्यार्थीहरुमा कक्षा २ का रुक्सन कुँवर र मायरा श्रेष्ठ, कक्षा १ का योङसल थापा मगर र दिया तामाङ रहेका छन् । त्यस्तै द्वितीय हुनेमा निलो सदन बाट कक्षा २ का कुश तामाङ, आदर्श तामाङ र कक्षा १ बाट सेड्रिना श्रेष्ठ, आयुश्मा मरहट्टा रहेका छन् ।

 

 

प्रतियोगितामा तृतीया हुनेमा हरियो सदन बाट कक्षा २ मा अध्यनरत अभया अधिकारी, प्रश्ना थापा मगर र कक्षा १ बाट जोन तामाङ र लियाशा अधिकारी रहेका छन् । साथै कक्षा २ का रुक्सन कुँवर उत्कृष्ट स्पेलर हुनुभएको छ ।

 

 

कार्यक्रममा विद्यार्थीहरुबाटै सभाध्यक्षमा सियासा थापा, प्रमुख अतिथिमा पल्मु गुरुङ र विशिष्ट अतिथिमा समिक्षा गुरूङ रहनुभएको थियो भने कार्यक्रमको संयोजक अंग्रेजी शिक्षक अमर सिं  तामाङले गर्नुभएको थियो ।

 

 

साथै आजै यस विद्यालयमा नवदिशा बाल समूहको गठन गरिएको छ ।  विद्यालयको बाल समूहको अध्यक्षमा सब्दिका घलान, उपाध्यक्षमा अनिशा श्रेष्ठ, सचिवमा प्रइसा अधिकारी, उपसचिवमा विवस रौकका, कोषाध्यक्षमा गौरव श्रेष्ठ र सदस्यहरुमा विविशा दुरा,आरुषी पौडेल, विवेक रिजाल, अर्मन लगुन र प्रनय खतिवडा चयन हुनु भएको सो बाल क्लवको शिक्षक संयोक अनुवर मियाँले जानकारी दिनु भएको छ ।

 

 

यसै गरी शुक्रवार नै प्रि प्राइमरी तहमा अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।साथै प्याब्सन धादिङले आयोजना गरेको अंग्रेजी हिज्जे प्रतियोगिता      (Spelling contents) मा आरोन्स गुरुङ प्रथम र अब्रोरा श्रेष्ठ तृतीय, साथै समग्रमा विद्यालयले  जिल्ला तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले जानकारी  दिनुभयो ।

 

News Events File